काठमाडौँ । पोखराको लिचीबारी प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सोमबार सुनुवाइ सुरु भएको छ। पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा सुनुवाइ भइरहेको हो।…