भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी १७९ वटा मुद्दा दर्ता गरेको छ। तीमध्ये ५७ वटा मुद्दा फछ्र्योट भएको परिसरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए। प्रहरीका अनुसार जघन्य अपराधतर्फ हत्या, जबर्जस्ती करणी, लागुऔषध तथा हातहतियारसम्बन्धी गरी १० वटा मुद्दा दर्ता भएका छन्। आर्थिक अपराधतर्फ ९६ वटा मुद्दा दर्ता भएकामा…