अभिनेत्री हिना खानलाई स्तन क्यान्सर

काठमाडौं– टेलिशृंखला ‘ये रिश्ता क्या कहलाता है’बाट चर्चा कमाएकी अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ। उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाई तेस्रो चरणको स्तन क्यान्सर भएको जानकारी दिएकी छन्। 'सबैलाई हेलो, अहिले फैलिरहेको अफवाहलाई मध्यनजर गर्दै शुभचिन्तकहरूलाई जानकारी दिन चाहन्छु कि म तेस्रो चरणको स्तन क्यान्सरसँग लडिरहेकी छु। अहिले म ठिक छु। म बलियो…