काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको बृहत्तर एकताका लागि आफू निरन्तर पहल गरिरहेको बताएका छन् । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्नेमा जोड दिए । सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवासहित पूर्वपदाधिकारीहरूलाई महाधिवेशन प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन आग्रह गरे । उनले देउवालाई महाधिवेशन…