पुराना गाडीले बढाउँदै प्रदूषण, सरकारको उदासीनतामाथि आशिकाको प्रश्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पुराना तथा कालो धुवाँ फाल्ने सवारीसाधनका कारण बढिरहेको वायु प्रदूषण नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै तामाङले सडकमा गुड्ने पुराना सवारीसाधनको अवस्था र तिनबाट निस्कने धुवाँबारे सरकारले प्रभावकारी अनुगमन नगरेको बताइन्। उनका अनुसार सडकमा गुड्ने केही सवारीसाधनबाट निस्कने कालो धुवाँका कारण सर्वसाधारणले…