विद्यादेवी भण्डारीमा पहिलो महिला प्रधानमन्त्री बन्ने लोभ

काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबारदेखि एमाले नेतृ बनेकी छन् । दुईपटक राष्ट्रपति निर्वाचित भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको र पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्य राखेको घोषणा गरेकी छन् ।२०७२ मा पहिलोपटक राष्ट्रपति बन्नुअघि भण्डारी एमाले उपाध्यक्ष थिइन् । पुनः एमालेमा फर्किएकी उनमा नेपालकै पहिलो महिला प्रधानमन्त्री बन्ने लालसा पलाएको चर्चा परिचर्चा हुन थालेको छ ।…