काठमाडौं । सुनसरीको इटहरीस्थित एनआइसी एसिया बैंकका एक ऋणीले बैंकभित्रै आत्मदाह प्रयास गरेका छन्। इटहरी आइतबारेका लालबहादुर पौडेलले एनआईसीको इटहरीस्थित शाखा कार्यालयभित्र शरीरमा पेट्रोल छर्किन खोजेका हुन् । उनी बोतलमा पेट्रोल बोकेर बैंक गएका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा पौडेलले बैंकबाट एक करोड ऋण लिएको र पाँच सात महिनादेखि ब्याज नतिरेको पाइएको जिल्ला प्रहरी कार्यालय…