नेपाली कांग्रेसले माघ ११ को राष्ट्रियसभा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै उम्मेदवारका लागि कडा मापदण्ड देशभरका प्रदेश, जिल्ला र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ। नयाँ निर्देशिका अनुसार— लेवी नबुझाउने कुनै पनि व्यक्ति कुनै तहको उम्मेदवार बन्न अयोग्य हुनेछन्। जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य सामाजिक अपराधमा दोषी ठहर भएका…