दुई वर्षदेखि अचेत अवस्थामा रहेकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई सास फेर्न कठिन भएपछि बिहान ८ बजे बालुवाटारबाट नर्भिक अस्पताल थापाथली ल्याइएको थियो। उनको उचारमा संलग्न प्राध्यापक डाक्टर युवराज शर्माका अनुसार प्रधानमन्त्री पत्नी सीतालाई बुधबार बिहानैदेखि स्वासप्रस्वासमा समस्या देखिएको थियो। ‘उहाँको हेरचाह गर्ने नर्सिङ स्टाफ हुनुहुन्छ। उहाँले अचानक फोन गर्नुभयो। मैले तुरुन्तातुरुन्तै नर्भिकको…