विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलको तर्फ बाट दायर गरेको बन्दी प्रत्यक्षीकरण (हाबियस कर्पस) रिटमाथि आज मंगलवार सुनुवाइ हुँदैछ। रिटमाथि टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासमा सुनुवाइ हुने भएको हो। पौडेलले आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै रिहाइको मागसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका…