विदेशमा समुन्द्रको छालले बगाएर धादिङका श्याम र कमलको मृत्यु

समुद्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् । पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए । नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले रेस्टुरेन्ट व्यवसाय सञ्चालन…