महानगरद्वारा बनस्थलीमा सात टहरा र तीन भर्‍याङ भत्काइयो

शनिबार काठमाडौं महानगरपालिकाले अवैधरूपले बनाइएका संरचना भत्काउने क्रममा बनस्थली चोकबाट ढुंगेधारा जाने बाटोमा रहेको सात टहरा र तीनवटा भर्‍याङ हटाएको छ। गत मंगलबारदेखि महानगरपालिकाले नक्सा पासअनुरूप निर्माण नभएका र नक्सा पासअनुरूप निर्माण भए पनि सोहीअनुरूप प्रयोग नभएको संरचना अवैध भएको भन्दै त्यस्ता संरचना हटाउँदै आएको छ। नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार उक्त स्थानका अवैधरूपले…