नेपालले दियो हङकङलाई १४० रनको लक्ष्य

काठमाडौं,८ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रन जोड्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए ।…