विश्वकपको ब्राजिल संस्करणमा उपविजेता बनेको अर्जेन्टिनालाई रुस विश्वकपमा स्थान बनाउन ठूलो संघर्ष गर्नु पर्यो । ब्राजिलले चिलीलाई हराएपछि अन्तिम खेलमा इक्वेडरमाथि हात पारेको ३–१ को जितपश्चात अर्जेन्टिना तेस्रो स्थानमा रहँदै विश्वकपमा स्थान बनाउन सफल भयो । विश्वकपको चारबाहेक सबै संस्करणमा सहभागिता जनाएको अर्जेन्टिनाले दुई पटक विश्वकपको उपाधि उचालेको थियो भने तीन संस्करणमा उपविजेतामा सिमित बनेको…