Logo

प्रदेश १

झापामा ९ र सुनसरीमा २ जना कोरोना संक्रमित थपिए

प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले पुष्टि गरिन् ।उनीहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो ।

खुसीको खबर: आज मोरङमा उपचार गराइरहेका कोरोना संक्रमित ८ जना डिस्चार्ज हुँदै

विराटनगरस्थित कोरोना विशेष उपचार केन्द्रमा उपचार गर्राईरहेका २५ जना कोरोना संक्रमितहरुमध्ये ८ जना डिस्चार्ज हुने भएका छन् ।उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि भोलि डिस्चार्ज गरिने सामाजिक विकास मंत्रालयले जनाएको छ । लगातार तीन पटक गरिएको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएको हो । डिस्चार्ज हुनेमा भारतिय एक जना, विराटनगरका दुई जना

उदयपुरमा २० स्वास्थ्यकर्मीसहित १०५ जनाको रिपोर्ट नेगेटिभ

उदयपुरमा २० स्वास्थ्यकर्मीसहित १०५ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । चौदण्डीगढी नगरपालिका ५ सिबाईका ५८, त्रियुगा नगरपालिका १ मोथियाईका २७ र २० स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको हो प्रदेश जनस्वास्थ्यको टोलीले बिहीबार सिबाई र मोथियाईवासीको स्वाब संकलन गरेको थियो । शुक्रबार उनीहरुको स्वाब विराटनगरस्थित कोशी अस्पतालमा पीसीआर परीक्षण गर्दा

प्रदेश १ मा ज्वरो देखिएपछि ठूला अस्पतालले हेरेनन्, डुलाउँदा-डुलाउँदै मृत्यु

प्रदेश १ कै सुविधासम्पन्न भनेर आफूलाई चिनाउने ठूला निजी अस्पतालको गम्भीर गल्तीका कारण पहाडी जिल्ला धनकुटाबाट उपचारका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ।विराटनगरका न्यूरो, विराट नर्सिङ होम समेतका ठूला अस्पतालले बिरामी लिन अस्वीकार गर्दै उपचार गर्न नमानेपछि धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मंगलबार मृत्यु भएको हो।

कोरोना भाइसरको भ्रम फैलाउने झापामा पनि एक जना पक्राउ

कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार दमक–१ निवासी ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो । क्वारेन्टाइन तयार सङ्क्रमणबाट बच्न झापामा ३४१ क्वारेन्टाइन निर्माण गरिएको छ, जसमध्ये सबैभन्दा

भोलिदेखि धरान, पोखरा र नेपालगञ्जमा कोरोना भाइरस परीक्षण सुरु हुने

सरकारले मुलुकका तीन ठूला शहरका अस्पतालमार्फत कोरोनाभाइरसको परीक्षण सुरु गर्ने भएको छ । प्रदेश १ को धरान, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को नेपालगञ्जमा भाइरस परीक्षण गर्न लागिएको हो । बाँकेको नेपालगञ्ज मेडिकल कलेज–शिक्षण अस्पताल, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरामा कोभिड–१९ भाइरस परीक्षणको सुरुवात गर्न थालिएको

कोरोना संक्रमण रोक्‍न विराटनगरमा पनि औषधि छर्किन थालियो !

विराटनगर महानगरले नगरक्षेत्रमा कोरोना भाइरसको सक्रमण नियन्त्रणका लागि डिस इन्फेक्सन अर्थात निर्मलीकरण अभियानको शुरुवात गरेको छ । महानगरको ल्यावमा आफ्नै जनशक्ति प्रयोग गरी निर्मलीकरण अभियान शुरु गरेको हो ।सोडिएम हाइपो क्लोराइड लगायत विभिन्न रसायन बाट बनाइएको स्प्रे पहिलो चरणमा नगरक्षेत्रको कोशिअञ्चल अस्पताल वाट शुरुवात गरिएको छ ।नगरवासीलाई कोरोना सक्रमणवाट जोगाउन

भोलि लास उठाउनुभन्दा आज लठ्ठी उठाउनु ठीक हो भनेर हानें: उर्लाबारी मेयर (हेर्नुहोस भिडियो सहित )

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले मंगलबारदेखि साताव्यापी लकडाउन घोषणा गरेको छ।तर कतिपय मानिसले अत्यावश्यक काम परेर त कतिले काम नपरी पनि लकडाउन पालना गरेका छैनन्।सरकारी पास नलिएर चलाइएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने लक डाउन उल्लंघन गरेको भन्दै सुरक्षाकर्मीले कतिपय ठाउँमा नागरिकलाई लठ्ठी हानेको, उठबस गराएको, मुर्गा

पानीटङ्याकी नाकामा १०० जाना नेपाली अलपत्र

भारतबाट फर्केका सयभन्दा बढी नेपाली सीमावर्ती पानीटङ्याकी नाकामा अड्किएका छन् । मङ्गलबार बिहानै पानीट्याङ्की आइपुगेका उनीहरु नेपाल प्रवेशको अनुमति पर्खिरहेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले काँकडभिट्टा नाका बन्द रहेको र भारतको पानीट्याङ्की बजारमा सयको सङ्ख्यामा नेपालीहरु रोकिएको भारतीय प्रहरीले जानकारी गराएको बताए । नाकाबाट

प्रदेश १को विराटनगर भोलिदेखि लक डाउन

विराटनगर महानगरपालिकामा मंगलबारदेखि अनिश्चितकालीन लक डाउन हुने भएको छ ।महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगर क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका पसलहरू बन्द हुने जानकारी दिए ।सरोकारवालसबैको आव्हानमा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन लकडाउनको निर्णय गरेका हौँ,’ प्रमुख पराजुलीले भने, ‘यसका लागि हामीले सबै व्यावसायिक संघसंस्थासित बसेर छलफल गर्यौं र उहाँहरू कै सहमतिमा लक डाउनको