शिशिर ऋतुमा परिणत भएको प्रकाशको ‘वसन्त’

दिपक गिरी काठमाडौं - एक समयका ‘हिट मेकर’ भनेर चिनिने गायक तथा अभिनेता प्रकाश सपुत हिजोआज आफ्नै अभिव्यक्तिले विवादमा तानिएका छन् । सामाजिक गीतका नाममा जनतालाई रुवाउने, राजनीतिक आलोचनामा आफूलाई नायकझैँ देखाउने सपूत प्रधानमन्त्री केपी ओलीको गुणगान गाउँदा धेरै आलोचित बने । जसको प्रत्यक्ष मार उनले निर्माण र निर्देशन गरेको ‘वसन्त’ चलचित्रले बेहोरेको छ ।…