काठमाडौं– घटस्थापनाको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको छ । कतिपयले हलमा चलचित्रका दृश्यहरूलाई खिचेर टुक्राटुक्रा पारेर सामाजिक सञ्जालमा राखेका छन् । यो चलचित्रले समाजले युवतीहरूलाई विवाहका लागि दिने दबाब र त्यसले निम्त्याउने क्रियाकलापलाई रोचकशैलीमा प्रस्तुत गरेको छ । अभिनेत्री स्वस्तिमा खड्का तथा…