काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरू एक ठाउँमा आउनुपर्ने कुरा गर्ने थालिएको भन्दै कटाक्ष गरेका छन् । उनले भर्खरै सत्ताको खेलबाट बाहिर फालिएपछि प्रचण्डले सुशासनको मुद्दा उठाएको पनि टिप्पणी गरेका छन् । ‘प्रचण्ड निकट केही साथीहरूले फेरि एकपटक हामीलाई समेत जोडेर पूर्वमाओवादीहरू एक ठाउँमा…