जीबी राई कहाँ छन् ? संसदमा रास्वपा सांसदले सोधे सरकारलाई

काठमाडौं - गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई अहिलेसम्म पक्राउ नपरेको भन्दै सांसदहरूले फेरि पनि सरकारलाई प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ भनेर सरकारलाई प्रश्न गरेका छन् । उनले सरकार सञ्चालनको १० महिना पुग्दासमेत…