प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट, पाकिस्तानसँगको तनावबारे गराए जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको भेट भएको छ । शुक्रबार दिउँसो प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् । उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको, तर जेट…