काठमाडौं । आगामी जेठमा हुन लागेको ‘सगरमाथा संवाद’ का लागि भारतले नेपाललाई १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । नेपालका लागि भारती राजदूत नवीन श्रीवास्तवले आइतबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई १५ वटा विद्युतीय सवारीसाधन हस्तान्तरण गरेका छन् । यी सवारी साधन १६–१८ मेमा काठमाडौँमा आयोजना हुने ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको प्रभावकारी आयोजनालाई…