अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेसीको सम्मानमा अर्जेन्टिनाको पाटागोनिया क्षेत्रस्थित कट्राल को सहरमा ८५ फिट (२६ मिटर) अग्लो विशाल प्रतिमा अनावरण गरिएको छ। यो हालसम्म निर्माण गरिएको मेसीको सबैभन्दा ठूलो प्रतिमा हो। स्थानीय कलाकार आल्डो बेरोइसाको नेतृत्वमा १८ महिनाको मेहनतपछि तयार गरिएको प्रतिमामा करिब ७० टन स्टिल प्रयोग गरिएको छ। प्रतिमाले सन् २०२२ को कतार विश्वकप…