ताप्लेजुङको पहिरोमा परि घाइते भएका लिम्बूको हेलिकप्टरद्वारा उद्धार

      काठमाडौँ - पहिरोमा परेर घाइते भएका सिरिजङ्घा गाउँपालिका–६ मामाखेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । वडा कार्यालयले वितरण गरेको राहत सामाग्री बुझेर घर फर्किने क्रममा माथिबाट झरेको पहिरोमा परेर गम्भिर घाइते भएका लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नोवेल अस्पताल विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ…