बंगलादेशमा हुने साफ यू-१७ महिला च्याम्पियनसिपमा रुसले पनि खेल्ने

रुसको महिला युवा टोलीले बंगलादेशमा हुने साफ यू-१७ महिला च्याम्पियनसिप खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गर्दै रुसको सहभागिता हुने पुष्टी गरेको छ । युक्रेनमाथि गरेको आक्रमणका कारण अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र युरोपेली फुटबल महासंघ यूईएफएले रुसमाथि प्रतिबन्ध लगाएको छ । जसका कारण रुस र…