सबैभन्दा लामो समय लकडाउनमा रहेको इटलीमा कोरोनाको कहर : २४ घण्टामा ७४३ ले ज्यान गुमाए, किन बढेको छ मृत्यु ?

काठमाडौं - कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो । इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गइसकेको छ । इटलीमा आइतबार र सोमबार मृत्युको संख्या केही कम देखिएको थियो । तर…