कुवेत जान लागेका ३९ जना महिला विमानस्थलबाट फिर्ता

कुवेत जान लागेका ३९ जना महिलालाई नेपाल प्रहरीले विमानस्थलमा रोकेको हो । जजिरा एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कुवेत जान लागेका महिलाहरुलाई प्रहरीले शंकास्पद कागजातका आधारमा रोकेको हो । कुवेतमा भिजिट भिसामा जान लागेको देखिए पनि उनीहरु रोकिएका हुन् । उनीहरुले बोकेको कागजातसँग उनीहरुको दाबी मेल नखाएपछि प्रहरीले प्रस्थान कक्षकै गेट क्षेत्रमा रोकेको थियो ।…