पौने २ करोडसहित मालपोतका लेखा अधिकृत फरार !

मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७३ लाख रुपैयाँ लिएर भागेका छन्। तीन वर्षयता लेखा अधिकृतका रुपमा कार्यरत उनी मंसिर २५ गतेदेखि सम्पर्कविहिन छन्। प्रमुख मालपोत अधिकृत लालकृष्ण पौडेलकाअनुसार आन्तरिक लेखापरीक्षणमा रकम बेरुजु देखिएको छ। मंसिर ६ गते आन्तरिक लेखा परीक्षणको कार्यालयले रकम दाखिलाको पत्र पठाएको थियो भन्ने खबर अन्नपूर्णपाेष्ट दैनिकमा छ।…