प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा र संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत डिन आर. थम्पसन (Dean R. Thompson) बीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ। उक्त भेटघाटमा दुई देशबीचको आपराधिक अनुसन्धान सहयोग, प्रहरी क्षमता अभिवृद्धि, तालिम आदानप्रदान तथा द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी भएको बताइएको छ। महामहिम राजदूतले नेपाल प्रहरीको भूमिका र योगदानको सराहना गर्दै…