काठमाडौं - राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनसहितका केही जनप्रतिनिधि कार्यालयमा सात घण्टासम्म थुनिएर बसेपछि प्रहरीको सुरक्षा घेराबीच बाहिर निकालिएका छन्। डिएसपी माधव काफ्लेको निर्देशनमा उनीहरूलाई प्रहरी गाडीमा बसी बाहिर ल्याइएको हो। सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार, बाहिर निलम्बित नगरप्रमुख भिमराज यादवका समर्थकहरू आन्दोलनमा थिए र सम्भावित आक्रमणबाट बचाउन सुरक्षा घेरा तोड्न बाध्य भएर…