काठमाडौँ - संखुवासभाको मकालु गाउँपालिका-६ सागसेवामा आएको बाढी र पहिरोले २४ घर परिवार विस्थापित भएका हुन् । एकसाता सम्म लगातार परेको वर्षापछि गुहे खोल्छामा आएको बाढी र पहिरोले २४ घरपरिवार उच्च जोखिममा परेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताएका छन् । उच्च जोखिममा परेका ती परिवारलाई आफन्तको घरमा सुरक्षित रुपले सारिएको उनले बताएका छन् ।…