चितवन– चितवनको भरतपुर महानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई सम्मान गरेको छ । लामिछानेलाई मंगलबार विशेष कार्यक्रमको आयोजना गर्दै महानगरले सम्मान गरेको हो । आइसिसी टि–२० विश्वकपमा राम्रो प्रदर्शन गरेको भन्दै महानगरले उनलाई सम्मान गरेको हो । चितवन निवासी सन्दीप भरतपुर महानगरपालिकाका स्थायी वासिन्दा हुन् । सन्दीपलाई सम्मानका साथै…