टीमबारे राम्रो बोल्दा नकारात्मक रुपमा लिइयो : सन्दीप लामिछाने

नेपाली टीमका लेग स्पिनर सन्दीप लामिछानेले आफूले थाइल्याण्डमा टीमकाे बारेमा गरेको टिप्पणीलाई नकारात्मक रुपमा लिएको भन्दै गुनासो गरेका छन्। उनले अहिलेकै अवस्था रहे नेपाली क्रिकेट अध्याँरोमा धकेलिने प्रतिक्रिया दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले गलत मनसायले टीमबारे टिप्पणी नगरेको बताएका छन् । उनले टीमकाे वर्तमान अवस्था र नतिजाकाे मूल्याङ्कन गरेर अघि…