निलम्बन फुकुवा लगत्तै फरवार्ड विमल घर्ती मगरलाई कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल खेल्दै गरेको देख्न पाइने सम्भावना बढेको छ । लिगको उपाधि दौडमा रहेको सानमिगेल मछिन्द्र क्लबले उनलाई आर्मीविरुद्ध शनिबार हुने अन्तिम खेलमा उतार्ने तयारी गरिरहेको छ । विमल मछिन्द्रबाट खेल्नका लागि भने माल्दिभ्सको क्लबबाट इन्टरनेसल ट्रान्सफर सर्टिफिकेट (आइटिसी) लिनुपर्ने हुन्छ…