सिरी ए मा रोनाल्डोले गरे डेब्यू, पेलेले भने : गूड लक क्रिस्टियानो

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लव फुटबल प्रतियोगिता सिरी ए को नयाँ सिजनमा डेब्यू गरेका छन् । नयाँ सिजनको उद्घाटन खेलमा युभेन्टसले किएभो भेरोनासँग खेलिरहेको छ । रोनाल्डोलाई क्लबमा भित्र्याएपछि झन बलियो मानिएको युभेन्टसविरुद्ध भेरोना पनि आश्चर्यजनक नतिजा निकाल्ने दाउमा छ । युभेन्ट्सले यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट रोनाल्डोलाई कीर्तिमानी ९८ मिलियन पाउन्डमा भित्र्याएको…

रोनाल्डोलाई इतिहासमै ठुलो धोका, तनाबमा रोनाल्डो, रियलमै फर्कने सम्भावना अब कति ? बाहिरियो भिडियो स्पेनिस क्लब रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो मंगलबार राति इटालियन क्लब यूभेन्ट्ससँग अनुबन्धित भए। २००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल आएका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४५१ गोल गर्दै कीर्तिमान राखे। यस्तै उनले पछिल्ला पाँच सिजनमा रियल मड्रिडलाई चार पटक च्याम्पियन्स लिगको उपाधि जिताए। रोनाल्डो ९९.२ मिलियन पाउन्ड चारवर्षका लागि यूभेन्ट्ससँग अनुबन्धित भएका हुन्। योसँगै उनी विश्वको चौथो महँगो खेलाडी बनेका छन्। रोनाल्डो विश्वको चौथो महँगो खेलाडी बन्नुका साथै क्लब कीर्तिमानी रकममा यूभेन्ट्स गएका हुन्। यसअघि यूभेन्ट्सले ७५.३ मिलियन पाउन्ड तिर्र्दै गोन्जालो हिगुइनलाई नोपोलीबाट २०१६ जुलाईमा भित्र्याएको थियो। यूभेन्ट्सले रोनाल्डोलाई अगष्टमा प्रि सिजनमा अमेरिकामा हुने इन्टरनेशनल च्याम्पियन्स कपमा मैदान उतार्ने तयारी गरेको छ। भखरै क्लब छोडेर नयाँ क्लब पुगेका रोनाल्डोको बारेमा आयो यस्तो खबर :-