टोपबहादुरलाई छुटाउने भित्रभित्रै खेल

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी हाल जेल जीवन बिताइरहेका एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई छुटाउने खेल सुरु भएको छ । जसकारण उनलाई भेट्न जानेको अहिले कारागारमा भिडभाड हुने गरेको छ । माओवादी उपमहासचिव जनार्दन शर्माले जेलमै पुगेर रायमाझीसँग भेटघाट गरेका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीलाई भेट्न शर्मा बिहीबार बिहान केन्द्रीय कारागार, जगन्नाथदेवल…