काठमाडौँ - नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ। सोमबार र मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला छ सय रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भएको हो…