जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दु मोर्चाबीच शनिबार १३ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरमा जारी आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ। सहमतिअनुसार संयुक्त हिन्दु मोर्चाले भोलिदेखि घोषणा गरेको नेपाल बन्दसहितका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिई स्थगन गर्ने निर्णय गरेको छ। सम्झौतामा धार्मिक सद्भाव, शान्ति–सुरक्षा, विभिन्न धार्मिक स्थलको व्यवस्थापन, सामाजिक सञ्जालमार्फत हुने धार्मिक तथा…