काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनापछि सामाजिक सद्भाव कायम राख्न सबै पक्षले संयमता अपनाउनुपर्ने भन्दै अहिले चर्का अभिव्यक्ति दिने समय नभएको बताएका छन्। बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री र गृहमन्त्री आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको उल्लेख गर्दै अहिलेको प्राथमिकता शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्नु भएको बताए।…