काठमाडौं, १५ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको छ । उनी नागरिक अभिनन्दनसहित विभिन्न जिल्लाको भ्रमणमा निस्किन थालेका छन् । यसअघि उनले मधेश प्रदेशका विभिन्न जिल्लाका धार्मिकस्थलको भ्रमण गरेका थिए । त्यसपछि उनी सपरिवार चितवनमा बसेका थिए । अहिले भने उनले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुको भ्रमणमा निस्किने भएका छन् । पूर्वराजा शाहको सचिवालयले जनाएअनुसार…