खानेपानी मन्त्रालयले सिंहदरबारसहित काठमाडौँका मुख्य स्थानहरूमा सेन्सर प्रविधिको सार्वजनिक धारा राख्ने भएको छ । बिहिवार मन्त्रालयले गरेको गुनासो सुनुवाइ ईकाईको उद्घाटनका अवसरमा यसबारे जानकारी दिइएको हो । एकसाताभित्र सिंहदरबार आउने सेवाग्राहीलाई लक्षित गरि यस प्रकारको सार्वजनिक धारा राख्न लागिएको मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिएका छन् । उनले भने, ‘अहिले हामीले बिदेशमा जस्तो सेन्सरवाला सार्वजनिक…