गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय कास्कीको निर्वाचन सुरक्षा योजना अनुगमन तथा जिल्लाका विभिन्न स्थानहरुमा निर्वाचन सुरक्षाका लागि जान लागेका प्रहरी कर्मचारीहरुलाई विशेष निर्देशन गर्नुभएको छ । आगामी मंसिर ४ गते सम्पन्न हुन गई रहेको निर्वाचनलाई शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न प्रहरी कर्मचारीहरूले गर्नुपर्ने कार्यहरू तथा निभाउनु…