ब्राजिल विश्वकपको क्वाटरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेयमरले आफू ‘मानसिक रूपमा विक्षिप्त’ हुन पुगेको बताएका छन् । आफ्नो खेल जीवनमा भोगेका हारहरूमा क्रोएसियासँगको हारले सबैभन्दा बढी पीडा दिएको नेयमरले जनाए । शुक्रबार भएको खेलमा ३० वर्षे नेयमरले उत्कृष्ट एकल प्रदर्शनीमा गोल गर्दै ब्राजिललाई अतिरिक्त समयमा अग्रता दिलाएका थिए । यो गोलसँगै उनले ब्राजिलका लागि ७७ गोल…