एसिड आक्रमणमा परेकी नेपाली चेलीलाई बलिउडका कलाकारको साथ, भेट्न पुगे गायक राजु लामा…(हेर्नुहोस् भिडियो)

काठमाडौं - एसिड आक्रमणमा परेकी वीरगन्जकी किशोरी मुस्कान खातुनलाई बलिउड अभिनेता वरुण धवनले पठाएको भिडियो सन्देश सामाजिक सञ्जालमा भाइरल बनेको छ । एसिड आक्रमणमा परी घाइते भएकी वीरगन्जकी १४ वर्षीया मुस्कान खातुन हाल काठमाडौंमा उपचारमा रहेकी छन् । अनुहार, छाती र हातका केही भाग जलेको मुस्कानको शल्यक्रियापछि स्वस्थ्यमा सुधार आएपनि पूर्णरुपमा ठीक भइसकेकी छैनन् ।…