केही समय अगाडि एक मिडियामा नायिका नीता ढुंगाना र ज्योतिष तथा अभिनेता हरिहर अधिकारी बीच प्रेम रहेको समचार आएको थियो । तर, गसिप बिक्ने यस क्षेत्रमा उक्त कुरालाई सामान्य रुपमा नै पचाइयो । उक्त कुरामा नीता र हरिहरले पनि कुनै प्रतिकृया दिएनन । उनीहरुको प्रेमको हल्ला सेलाउन नपाउँदै नीताले सामाजिक
सरकारले कोरोना भाइरस रोकथामका लागि खडा गरेको कोषमा गायक प्रकाश सपुतले २ लाख रुपैयाँ सहयोग गरेका छन्। कोरोनाबाट बच्नका लागि बागलुङ धम्जाको आफ्नै घर पुगेका प्रकाशले प्रधानमन्त्रीलाई लामो पत्र लेख्दै उक्त रकम सरकारलाई उपलब्ध गराएको घोषणा गरेका छन्। प्रकाशले सरकारसम्म पुर्याइदिन भन्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई दुई लाख
अमेरिकन आइडलको १८ औं संस्करणमा छनौट भएदेखि नै नेपाली मूलका दिवेश पोखरेलको चर्चा चुलिएको छ । नेपालमा मात्रै नभई अमेरिकन आइडलको स्टेजमा पनि उनी निकै चर्चित छन् । स्टेजमा आर्थर गनको रुपमा परिचित दिवेशले अडिसनबाटै निर्णायकको लगातार मन जितिरहेका छन् । गत हप्ताको दिवेशको प्रस्तुतीमा तीनै जना निर्णायकले उठेर ‘वान्स
कोरोनाको त्रासका कारण छायांकनमा रहेका सम्पूर्ण चलचित्रको छायांकन स्थगन भएको छ । चलचित्र ‘ए मेरो हजुर ४’, परदेशी २ र २ नम्बरीले आफ्नो छायांकन स्थगन गरेका हुन् । सरकारबाट २५ जना भन्दा बढि भेला नहुनु र चलचित्रजन्य क्रियाकलाप रोक्न दिएको आदेशलाई शिरोपर गर्दै चलचित्रको छायांकन रोकिएको चलचित्रकर्मीहरुले बताइरहेका छन् ।
चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ को प्रसारण स्थगित भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्य नजर गर्दै ‘सक्किगोनि’ को प्रसारण स्थगित गरिएको जनाइएको छ । सक्किगोनिका एक पात्र सुबोध गौतम ‘एकदुमे’ले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नियमित कार्यक्रमहरु हाललाई स्थगित गर्ने र आफू ‘सेल्फ क्यारेन्टाईन’मा बस्ने निर्णय गरेको
यूट्यूवमा छोटा कमेडी भिडियो अपलोड गरेर चर्चामा आएको जोडी हो जिवेशसिंह गुरुङ-रियाशा दाहाल । ‘कलेज नेपाल’मार्फत उत्पादित सर्ट भिडियो सिरिज ‘आजकालको लभ’ मा यो जोडीलाई धेरैले मन पराएका थिए । तर, तीन महिनाअघि उनीहरु अनायास अलग भए । ‘लभ आजकाल’ को १०४ एपिसोडपछि रियाशा र जिवेशको जोडी टुटेको थियो ।
काठमाडौँ – सुनिल सिंह ठकुरीको स्वरमा रहेको गीत “म मान्छे विन्दास…”सार्वजनिक भएको छ । मिलन विष्टको शब्द, नवीन रावलको म्युजिक र र्याप तथा श्याम स्वेत रसाइलीको एरेञ्ज/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । केशवराज भट्टराईको निर्देशन/कोरियोग्राफ रहेको गीतको भिडियोमा सुनिल सिंह ठकुरी र नम्रता सापकोटा फिचरिङ छन् । गीत
कोरोनाको त्रासमा सेलिब्रेटीहरुले भिडियो बनाउँदै आफ्ना शुभचिन्तकहरुलाई सुरक्षित रहन आग्रह गरिरहेका छन् । अभिनेता दीपकराज गिरीले यस समयलाई अवसरको रुपमा प्रयोग गर्नु पर्ने सुझाव दिदैं भिडियो बनाए । कामको शिलशिलामा परिवार बिर्सिएका वा पारिवारसँग बस्न नपाएकाहरुले यसलाई परिवारसँग बस्ने समयको रुपमा प्रयोग गर्नुपर्ने उनको भनाई छ । उनले भने, ‘यो
कोरोनाको त्रासका कारण बन्द भएका चिनका सिनेमा हलहरु खुलेका छन् । कोरोनाको संक्रमण कम हुदैँ गएपछि चिनका हलहरु खुल्न थालेका हुन् । एक टिकट एप्सका अनुसार चिनका १७ वटा हलहरुमा चलचित्रको प्रदर्शन सुरु भएको छ । उच्च सावधानी अपनाएर चलचित्रको प्रदर्शन सुरु गरिएको हो । पहिलो दिन हलमा आएका दर्शकलाई
गायिका कनिका कपुरलाई कोरोना संक्रमण देखिएको छ । लण्डनमा केही समय बिताएकी कनिकालाई कोरोना संक्रमण देखिएको हो । कनिका केही दिन लखनउमा पनि बसेकी थिइन् । लखनउको एक होटलमा उनले साथीहरुलाई पार्टी दिएकी थिइन् । त्यहाँ अन्यलाई पनि कोरोना लागेको हुनसक्ने डाक्टरहरुको अनुमान छ । कनिकालाई लखनउ कै आइसोलेसनमा राखिएको