नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै ओलीले एउटा प्रक्रियागत त्रुटीका कारण रविको उपप्रधानसहित गृहमन्त्री र सांसद पद गुमेको बताएका छन्। ‘रवि लामिछानेसँग मेरो कुनै सांगठानिक र वैचारिक सम्बन्ध छैन। नाता-सम्बन्ध पनि छैन, उहाँ मेरो पार्टीको पनि होइन तर…