काठमाडौं - सरकारले समस्याग्रस्त सहकारीको बचत रकम फिर्ता गर्न चक्रीय कोष स्थापना गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत यो घोषणा गरेका हुन्। ‘सहकारीमा रहेको पाँच लाखसम्मको बचत निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षित गरिनेछ,’ अर्थमन्त्री पौडेलले भने, ‘सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरी प्राप्त रकमबाट बचतकर्तालाई फिर्ता गर्न चक्रीय…