काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अहिलेसम्म पनि आफू प्रयासरत रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूले गरेको प्रयास रास्वपाका नेताहरुले एक दिन बुझ्ने बताए । भिजिट भिसा प्रकरणमा रास्वपालाई एक्लै छाडेर सहमति गरेको प्रसंगमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै…