काठमाडौं - गत चैत १५ मा तीनकुनेको हिंसात्मक घटनामा काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा पठाउने आदेश गरेको छ ।बिहीबार मध्यराति न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित सातजनालाई पुर्पक्षमा पठाउने र ३२ जनालाई जमानतमा छाड्ने आदेश गरेको हो । घटनामा ३९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो । तीनकुने घटनामै सलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष…