मस्को रुसमा एउटा यात्रुवाहक रेलका नौ वटा डिब्बा लिकबाट खस्दा ७० जनाभन्दा बढी घाइते भएका हुन् । रुसका स्थानीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये सात जनाको अवस्था चिन्ताजनक रहेको छ । यस घटनामा हालसम्म कसैको मृत्यु भएको पुष्टि भएको छैन । यात्रुवाहक रेल उत्तर–पूर्वी कोमीको भोर्कुटाबाट नोभोरोस्सिएस्कको ब्ल्याक सी बन्दरगाहतर्फ जाँदै गरेको थियो । दुई स्थानबिचको…