काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलले नयाँ वर्ष २०८३ को अवसरमा नयाँ घोषणा गरेकी छन् । उनले काठमाडौंमा आजदेखि रात्रिकालीन विद्युतीय बस सेवा सुरु गर्ने घोषणा गरेकी हुन् । डंगोलका अनुसार साझा बससँगको सहकार्यमा रात्रीकालीन बस सञ्चालन हुन लागेको हो । राति ८ देखि ११ बजेसम्म दुई रुटमा बस सेवा सञ्चालन हुनेछ ।…